चितवनको खैरहनीमा राखिएको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

प्रकाशित मिति:

चितवन-चितवनको खैरहनीमा प्रेसर कुकर बम फेला परेको छ । बिहान राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।पूर्वी चितवनको खैरहनी नगरपालिका–८ मगनी चोकमा आज बिहान ५ बजे प्रेसर कुकर बम फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० सन्तोष आचार्यका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले ७ बजे उक्त बम निश्क्रिय पारेको हो ।