अमेरिकी विदेशमन्त्री पोम्पेओले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै
नयाँ दिल्ली – भारतको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दैछन्।भेटमा एस-४०० डिल, रूस, व्यापार तथा अन्य समसामयिक विषयमा कुराकानी हुनसक्ने बताइएको छ। पोम्पेओले आजै भारतीय समकक्षी एस जयशंकरसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ।
जयशंकर र पोम्पेओबीच जी-२० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्ताबारे वातावरण मिलाउने बारे छलफल हुने बताइएको छ । जी-२० सम्मेलन यसै साता जापानको ओसाकामा हुँदैछ। यो सम्मेलनमा प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री जयशंकर पनि साथमै जानसक्ने आँकलन गरिएको छ। यसअघि विदेशमन्त्री रहेकी शुस्मा सोराज भने मोदीका साथमा जाने गर्दिनथिन्।












