एनआरएनए ओमानमा नयाँ कार्यसमिति निर्विरोध चयन अध्यक्षमा सेवन्त पुर्जा पुन

प्रकाशित मिति:

ओमन –ओमानर गैरआवासीय नेपाली सोसल क्लब एनआरएनए एनसीसी ओमानको पाचौ अधिवेशनले क्याप्टेन सेवन्त पुर्जा पुनको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध नेतृत्व चयन गर्ने ओमान एकमात्र एनसीसी हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेर अन्य मुलुकमा रहेका एनसीसीलाईसमेत गतिलो उदाहरण प्रस्तुत गरेको छ ।

 

स्थापना कालदेखि नै निर्विरोध कार्यसमिति चयन गर्दै आएको ओमानले यसपटक पनि त्यसलाई निरन्तरता दिएको हो ।शुक्रबार ओमानको राजधानी मस्कटमा रहेको अल फलाज होटलमा सम्पन्न अधिवेशनमा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा। बद्री केसी, सचिव डिबी क्षेत्री, गल्फ संयोजक आरके शर्मा, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएनए मध्यपूर्व सहसंयोजक प्रविन गुुरुङ र गोपाल कँडेल, एनआरएनए आईसीसी सदस्यहरू मनोज गोर्खाली, ठाकुर प्रसाद ढुंगाना, चित्र केसी, जोन अर्याल, अमित राई, विमल सुवेदी, कमल श्रेष्ठ, विनोद भट्टराई, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूकेका उपमहासचिव विनय अधिकारी, एनआरएनए मध्यपूर्वका पूर्वसहसंयोजक तथा वर्तमान आइसीसीका मानार्थ सदस्य राजु सैयद, एनआरएनए बेल्जियमबाट गोविन्द सुवेदी, बहराइनबाट दुर्गा गिरी, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरीलगायत मध्यपूर्वी क्षेत्र तथा विश्वभरबाट एनआरएन अभियान्ताहरु सहभागी रहेका थिए ।

कार्यक्रम अत्यन्तै भव्य र सफल भएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले नयाँ कार्यमितिलाई कार्यसफलताको शुभकामना प्रदान गरेका थिए भने् सर्वसम्मत चयन भएकोमा बधाई दिदै सबै देशका एनसिसीले ओमानबाट सिक्नुपर्ने बताए । वक्ताहरुले राजदूत शर्मिला पराजुली ढकालले ओमानमा रहेर गरेको कामको प्रशंशा गरेका थिए । कार्यक्रममा विभिन्न ११ देशबाट प्रतिनिधीहरु सहभागी रहेका थिए ।अधिवेशनले अध्यक्षमा सेवन्त पुर्जा पुन, प्रथम उपाध्यक्षमा पुर्ण बहादुर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा विकल झा, महासचिवमा रविन शिल्पकार, सचिवमा भरत अधिकारी, कोषाध्यक्षमा महेश चौधरी, सहकोषाध्यक्षमा रामहरी गिरी, प्रवक्तामा राम कुमार तामाङ, युवा संयोजकमा फुर्वा लामा, महिला संयोजकमा रुपा कार्की निर्विरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिमा र्निविरोध निर्वाचितहरु

 

यसैगरी कार्यसमिति सदस्यहरुमा टेकाराम विश्वकर्मा, ललित बास्तोला, लक्ष्मी प्रसाद कोइराला, कुल बहादुर श्रेष्ठ, महेन्द्र तिवारी, राम थोकर तामाङ, सुरेश खडका, सुनु तामाङ, नरेन्द्र बराल, अर्जुन प्रसाद पौडेल र सुसन श्रेष्ठ निर्विरोध चयन भए । अधिवेशनले निर्वतमान अध्यक्ष दिपक श्रेष्ठलाई प्रमुख संरक्षक र आइसीसी सदस्यमा अजय यादबलाई चयन गरेको छ । निर्विरोध निर्वाचित कार्यसमितिलाई आजै आयोजित समारोहकाबीच संघका अध्यक्ष भवन भट्टले सपथ खुवाएका छन ।

अधिवेशका सभापति तथा निवर्तमान अध्यक्ष दिपक श्रेष्ठले ७ वर्षसम्मको लामो प्रयासपछि एनआरएनए एनसीसी ओमानलाई ओमान सरकारबाट सामाजिक संस्थाकारुपमा मान्यता दिलाउन सकिएकोमा ठुलो सन्तुष्टि मिलेको बताउदै आगामी कार्यसमितिले यसलाई अझ शसक्त ढंगमा अघि बढाओस् भन्ने शुभकामना व्यक्त गरे । एनआरएनए अभियन्ता र अतिथिहरुले ओमानका कामदारकाहरुको कल्याणकारी कामका लागि रकम प्रदान गरेका थिए । कार्यक्रमको मिडिया पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक र रोजगारमञ्च डटकम रहेका थिए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशन नजिकिदै जादा एनआरएनहरुमा नयाँ नेतृत्वको विषयलाई लिएर सरगर्मी बढीसकेको छ । आइसीसीको अधिवेशन अघि एनसीसीहरुको अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार अहिले एनसीसीहरुमा पनि नेतृत्वको रस्साकस्सी चलिरहेको छ । यसैक्रममा एनआरएनए एनसिसी ओमानको पाँचौ ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०१९ को अवसर पारेर आज एनआरएनए युएर्र्इका आईसिसी सदस्य मनोज गोर्खालीले सन् २०१९–२०२१ कार्यकालको लागि मध्यपूर्व बाट संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । आफुले मध्य पूर्वमा रहेका सम्पूर्ण नेपालीहरुको समस्यामा सहयोग पुर्याउने र घाउमा मलहम पट्टीलगाउने बताउँदै गोर्खालीले उम्मेदावारी घोषणा गरेका हुन् । डिबी क्षेत्री र आरकृे शर्माले मध्यपूर्वमा छलफल गरेर छिट्टै उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।जसमा पनि एनआरएनए ओमानको अधिवेशनले संसारभरका एनआरएनहरुसँगै आइसीसीको नेतृत्वमा जान चाहनेहरुको पनि चासो ठुलो रहेको यस अधिवेशनमा भएको सहभागीताबाटै प्रष्ट हुन्छ । यस अवस्थामा एनआरएनए ओमानले लगातार पाचौ पटकसम्म निर्विरोध नेतृत्व चयन गरेर एनसीसीहरुलाई मात्र होइन आइसीसीलाई पनि सहमतिका लागि प्रेशर दिएको छ । एनआरएनएका ८० देशका एनसीसीहरु अहिले निर्वाचनको लागि व्यस्त छन् । अधिवेशन हुनुपर्ने ८० देश मध्ये पहिलो संयुक्त राज्य अमेरिकाको एनसीसीको निर्वाचन सम्पन्न भइसकेको छ भने ओमानको अधिवेशन दोश्रो हो । भोलि एनआरएनए नर्वेको अधिवेशन हुँदै छ ।