श्रष्टा सम्मान, विचारपत्र प्रस्तुती तथा रचना बाचन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

लुम्बीनी बांगमय प्रतिष्ठान बुटवल, राप्ति साहित्य परिषद र भेरी साहित्य परिषदको सयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान भाषा आयोग काठमाण्डौको सहकार्य तथा बर्दघाट नगरपालिकाको सहयोगमा बांगमय प्रतिष्ठान कपिलधाम कपिलवस्तुको बार्षिक कार्य तालिका अनुसार प्रदेश नम्बर ५ का श्रष्टा सम्मान, विचारपत्र प्रस्तुती तथा रचना बाचन कार्यक्रम शनिबार दिबयज्योती बहुमुखी क्याम्पन बर्दघाट २ चिसापानीको सभाहलमा सम्पन्न भएको छ ।

लुम्बीनी बांगमय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञललीको अध्यक्षता नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता एवं प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालको विशिष्ट आतिथ्यता तथा भाषा आयोगका अध्यक्ष लभदेव अवस्थि र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले सविंधानले नै भाषा, साहित्य र सस्कृतीको प्रबद्र्धनका लागी प्रज्ञा प्रतिष्ठान गठन गरेको र सो प्रतिष्ठान प्रदेश र केन्द्रमा समेत गठन हुने र प्रतिष्ठानले पाँच षेत्रमा काम गरिरहेको बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेश मन्त्री बरालले भाषा साहित्यलार्य प्रोत्साहन गर्न आर्थिक बर्ष २०७६, ७७ का लागी प्रदेश नम्बर ५ मा कला, साहित्य, भाषा उकेडेमी निर्माणका लागी प्रदेशले रकम समेत विनियोजन गरिसकेको बताउदै भा षा साहित्य सम्बद्र्धनका लागी सबै क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो ।सोही अवसरमा बोल्दै अर्का विशेष अतिथि भाषा आयोगका अध्यक्ष अवस्थिले २०६८ को जनगणना अनुसार प्रदेश नम्बर ५ मा ८५ वटा भाषा प्रयोग रहेको र ६ वटा मात्र उकलाख भन्दा बढीले बोलने र ३० वटा भाषा दश जना भन्दा कम बोल्ने हुदा उक्त भाषाहरु संकटमा रहेको बताउदै सबै भाषाको सम्बद्र्धनका लागी स्थानिय सरकारले पहल गर्नुपर्ने बताउनुयो ।कार्यक्रममा दिब्यज्योती क्याम्पस प्रध्यापक संघका सभापति सरिता खनाल, नगर प्रमुख धिरज शर्मा बस्याल लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रममा प्रदेश नम्बर ५ का विभिन्न जिल्लाका गरि १६ जना विभिन्न विधाका श्रष्टाहरुालई सम्मान गरिउको थियो । कार्यक्रममा प्रदेश न्म्बर ५ को भाषिक अवस्था र लोपोन्मुख भाषा विषयमा हेमलाल ज्ञवली, मानव सभ्यताको विकासमा बौद्ध दार्शनी, साहित्यको प्रभाव बाल कृष्ण चापागाई र बुद्ध संग सम्बन्धीत कार्यपत्र राजेन्द्र कुमार आचार्यले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दुई दर्जन भन्दा बढीले विभिन्न साहित्यिक क्षेत्रका ब्यक्तित्वहरुले आ आफ्नो रचना बाचन गर्नुभएको थियो । राप्ती साहित्य परिषद दांगका अध्यष पुरुषोत्तम खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन दिव्यज्योती बहुमुखी क्याम्पस चिसापानीका उपप्रध्यापक शेषकान्त पौडेलले गर्नुभएको थियो ।