काठमाडौँ –आज आइतबार देशका विभिन्न ठाँउमा बदलि र वर्षाको सम्भावना रहेको छ । आज देशभर सामान्य बदलि भइ देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिममा रहेको बादली पूर्वतर्फ बढ्दै गरेको र त्यसका कारणमा पूर्वका एकदुई स्थानहरुमा भने भारी बर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको मध्य क्षेत्रका काठमाडौंलगायत स्थानमा भने दिउँसो पानी पर्ने र पूर्वमा भने अपराह्नतिरको वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज बेलुकीदेखि रातिको समयमा समेत देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।असार ५ गते नेपाल मनसुन भित्रिएको थियो । विगतमा भन्दा करिब १ हप्ता ढिला भित्रिएको मनसुन देशभर सक्रिय रहे पनि जुलाईपछि लगातार वर्षा हुनसक्ने जनाइएको छ ।









