आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः २१ घन्टै सञ्चालनमा आउने

प्रकाशित मिति:

काठमाडौँ –आज सोमबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनस् २१ घन्टानै सञ्चालन हुने भएको छ। रन–वे धावनमार्ग मर्मतका कारण चैत १८ गतेदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो ।मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या आएपछि चैत्र १८ गतेबाट धावनमार्गको मर्मत शुरु गरिएको थियो ।

तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ ।धवानमार्ग मर्मतको काम सुरु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले दैनिक १० घन्टा विमानस्थल बन्द गर्दै आएको थियो।रन–वे पिच परिवर्तनको काम सुरु हुनभन्दा अगाडि विमानस्थल दैनिक बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो।ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले धावनमार्ग मर्मत ९० दिनमै सम्पन्न गर्यो । उक्त कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो ।धवनमार्गको पिचमा खराबी देखिएपछि प्राधिकरणले सन् २०१५ मै रन–वेको पिच परिर्वतन परियोजनको थालनी गरेको थियो। तर, लामो समयसम्म रोकिएको सो काम सन् २०१९ मा आएर मात्रै सुरु भएको थियो ।