नेपाल च्याउ उत्पादक किसान संघले च्याउ किसानका समस्या समाधानको लागि प्रदेश नम्बर ५ का कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेललाई ज्ञापन पत्र बुझाएको छ । च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्य गंगाधर शर्मा नेतृत्वको एक टोलीले बुधबार प्रदेश नम्बर ५ की भुमि व्यस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई भेटर च्याउ किसानहरुको समस्या समाधानको लागि माग सहित ज्ञपान पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै केन्द्रीय सदस्य शर्माले च्याउ उत्पादक किसानहरु गुणस्तरिय च्याउको विउ नभएको कारण जहिले पनि मर्कामा परेको भन्दै प्रदेश ५ लाई नै व्यवस्था हुने गरी आधुनिक ल्याब आवश्यक रहेको बताउँनु भएको छ । उहाले च्याउ किसानहरुलाई कृषि उपज केन्द्रमा च्याउ राख्ने वातावरण नभएको, हाट बजारहरुमा च्याउ किसानहरुलाई पनि राख्न नदिएको लगायत आधुनिक च्याउ खेती तालिममा किसानहरुलाई सहभागी गराउनको लागि समेत आग्रह गरेका गर्नुभयो । ज्ञापन पत्र बुझ्दै कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल ले प्रदेश नम्बर ५ मा एउटा च्याउको विउको परिक्षण गर्ने ल्याब सञ्चालनको लागि मन्त्रालयबाट पहल गर्ने प्रतिवद्वता जनाउँनु भयो । यस्तै उहाले च्याउको आधुनिक खेती बारेमा एउटा नमुना प्रर्दशन निर्माणको लागि आफुले पहल गरिने जानकारी गराउनु भएको छ ।












