देशको आर्थिक विकास गर्न श्रम मैत्री ईट्टा उद्योग आवश्यक

प्रकाशित मिति:

कमल चौधरी- बुटवल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले देशको आर्थिक विकास गर्न श्रम मैत्री ईट्टा उद्योग आवश्यक रहेको बताउँनु भयो । ग्लोबल फेयरनेश इन्सटिभ, नेपाल गुडविभ र घरघरमा शिक्षा तथा आत्भनिर्भर विकास संस्था नेपालको संयुक्त सहकार्यमा संचालित “बेटर व्रिक नेपाल” परियोजना अन्र्तगत बुटवलको नयाँमिल स्थित लक्ष्मि होटलमा सोमबार सम्पन्न कार्यक्रममा उहाँले यस्तो भन्नुभएको हो ।उहाँले विकास निर्माणका कार्य श्रम मैत्री ईट्टा उद्योग विना सम्भाव नरहेको भन्दै राज्यले पनि यस ईट्टा उद्योगलाई हेर्ने दृष्ट्रिकोणमा परिवर्तन ल्याउने कुरा औल्याउनुभयो ।

मन्त्री गिरीले भन्नुभयो–“ईट्टा उद्योग संचालनका लागी धेरै समस्या र चुनौती रहेका छन् । राम्रो ईट्टा र गुणस्तरीय ईट्टा उत्पादनको लागी समय अनुकुल हामीले पुरा गर्ने छौं ।”
उहाँले उद्योगमा रहेका समस्याहरु दक्ष कामदारको अभाव, इन्धनको अभाव, बाल श्रमिकको समस्या, वातावरणीय प्रदुशषको समस्या जस्ता करणकले समधानको लागी स्थानीय तथा प्रदेश सरकारले ठोस कार्यक्रम गर्न जारुरी रहेको समेत बताउँनुभयो ।उहाँले ईट्टा उद्योगमा थुप्रै रोजगारीका अवसरहरु हुँदा हुदै पनि ईट्टा उद्योगमा काम गर्ने कामदारको अभावले भारतबाट कामदार ल्याउनुपर्र्ने बाध्यता रहेको बताउँदै अब नेपाली युवा शंक्तिलाई स्वादेशमा रोजगारी गर्ने वतावरण मिलाउनुपर्ने बताउँनुभयो ।

उहाँले ईट्टा उद्योगमा कामगर्ने कामदालाई एउटा सम्मानजनक पेशाको रुपमा आकर्षित गर्दै कामदारलाई उचित ज्यालाको व्यावस्था समेत हुनुपर्नेमा जोड दिनुभयो ।साथै मन्त्री गिरीले उद्योगमा बाल श्रम गराउँन नहुँने भन्दै बाल मजदुर वालवालिकाको बौद्धिक तथा मनसिक बधक रहेको बताउँनुभयो । उहँले यस विषयमा अभिभावक र उद्योगी पनि यस विषयमा चाँसो राख्नुपर्ने भन्दै वालबालिकाको शरिरीक मनासिक र शैक्षिक पूर्ण रुपमा विकास हुने बतावरण मिलाउन जारुरी रहेको बताउँनुभयो ।उहाँले अब उद्योगलाई आधुनिक प्रविधिको प्रयोग गर्दै जिगज्याग जस्ता प्रविधिको विकास हुन जरुरी रहेको बताउँनुभयो । सथै सकारले उद्योगलाई धपाउने अनुसारको कानुन बनाएको छैन भन्दै राम्रो ईट्टा गुणस्तरिया ईट्टा, बाल श्रम रहित ईट्टा, वातावरणिय प्रदुषण रहित ईट्टा उत्पादनको लागी नियम अनुसार उद्योगहरु संचालन गर्नुपर्ने बताउँनुभयो ।

‘उद्योग विना विकास सम्भाव छैन’ :सभासद डा. न्यौपाने
सोही कार्यक्रममा बोल्दै सभासद डा. कृष्ण न्यौपाने उद्योग विना देशको विकास सम्भाव छैन भन्दै ईट्ट उद्योगहरुलाई समय अनुकुल आधुनिक प्रविधिको विकास हुन जारुरी रहेको बताउँनुभयो ।उहाँले उद्योगहरु विस्तापित हुदै जानु उद्योगीहरुको मात्र समस्या नरहेको भन्दै राज्यको चुनौती समेत रहेको जिकिर गर्नुभयो ।उहाँले अब ईट्टा उद्योगको समस्या के–के हुन्, राज्यको काम कर्तव्य र नीति के हो स्पष्ट हुनुपर्ने बताउँदै स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले बेटर व्रिक निर्माण गर्नको लागी स्पष्ट नीति हुनुपर्ने बताउँनुभयो ।
उहाँले बाल श्रमिक रहित, कामदारको स्वास्थ्य र सुरक्षालाई ख्यालमा राखेर एउटा नमुना उद्योगको रुपमा ईट्टा उद्योगलाई विकास गर्दै जानुपर्ने बताउँनुभयो । साथै उहाँले ईट्टा उद्योगलाई रुपन्तरण गर्न आफूले पूर्ण सहयोग र साथ हुने प्रतिवद्धता समेत गर्नुभयो ।

‘स्वादेशमा नै रोजगारीका अवसर सृजना गर्नुपर्ने’
त्यस्तै सभासद निर्मला क्षेत्रीले युवाहरुलाई स्वादेशमा नै रोजगारीका अवसारहरु सृजना गर्नुपर्ने वातावरण मिलाउनुपर्ने बताउँनुभयो । उहाँले प्रदेशको आर्थिक विकासका लागी प्रदेश सरकारले जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै प्रदेशको समृद्धिको लागी उद्योगीमात्र सम्भव नभएकोले श्रमिकलाई उचित ज्याला, काम प्रतिको सम्मान, मनविय स्वास्थ्य र सुरक्षाको व्यावस्थ नीतिमै उल्लेख हुन जरुरी रहेको बताउँनुभयो ।

नयाँ प्रविधिको विकास गर्न आवश्यक छ’
शिवराज नगरपालिकाका प्रमुख नेत्र राज अधिकारीले ईट्टा उद्योगमा बैज्ञानिक तरिकाले नयाँ प्रविधिको विकास गर्न आवश्यक रहेको बताउँनुभयो ।उहाँले समाजलाई कसरी राम्रो बनाउने, उद्योगलाई कसरी राम्रो बनाउने, वातावरणमैत्री, बालमैत्री र महिलामैत्री उद्योग कसरी बनाउँन सकिन्छ भन्दै अब नयाँ प्रविधि अनुसार नयाँ विकल्प खोज्दै जनुपर्ने कुरा औल्याउनुभयो । साथै उहाँले उद्योगको समग्र रुपन्तरण गर्न र नयाँ प्रविधिको विकासका लागी सरकारी निकायले पनि विशेष पहल गर्न जारुरी रहेको बताउँनुभयो ।उहाँले उद्योगहरु देशको आर्थिक स्रोतको प्रमुख आधार हुन भन्दै स्थानिय सरकार संग समान्वय र सहकार्य गर्दै जानुपर्ने औल्याउनुभयो ।

सरकारले ईट्टा उद्योगीका समास्यहरु समधान गर्नुपर्ने
त्यस्तै कार्यक्रममा ईट्टा उद्योग संघ प्रदेश नं. ५ का अध्यक्ष थानेश्वर घिमिरेले बोल्दै सरकारले ईट्टा उद्योगीका समास्यहरु समाधन गर्नुपर्ने बताउँनुभयो । उहाँहरुले ईट्टा उद्योगलाई हेर्ने दृष्ट्रिमा परिवर्तन आउँनु पर्ने भन्दै आफुहरु पनि गुणस्तणीय ईट्टा उत्पादन गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले रुपन्देहीमा धेरै ईट्टा उद्योगहरु जीकज्याक प्रविधीमा गई सकेको र प्रदेश नं. ५ मा संचालित सम्पूर्ण ईट्टा उद्योगलाई प्रविधिक रुपमा विकास गर्ने बताउँनुभयो ।

उहाँले ईट्टा उद्योगको आधुनिक तथा प्रविधिक रुपले विकास गर्न प्रदेश सरकारले पनि विशेष लगानी गर्नुपर्ने बताउँनुभयो । उहाँले भन्नुयभो–“उद्योग मन्त्री हाम्रो अभिभावक हुन् । हामी तपाईको सन्तान रहेको बताउँदै हाम्रो उद्योगलाई कसरी स्वतन्त्र रुपले संचालन गर्न पाउँने भन्ने प्रश्न समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा ईट्टा उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष सफर मियाँले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसंग सहयोग र सहकार्य गर्दै उद्योगलाई कसरी बालमैत्री, वातावरणमैत्री र उद्योगमैत्री वनाउन सकिन्छ बारे नीतिमा नै उल्लेख हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका अध्यक्ष थानकला पौडेलको अध्यक्षता तथा सवित्रा विकको संचालनमा रहेको कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । सयौंको उपस्थित रहेको कर्यशाला गोष्ठी कार्यक्रमा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले बेटर व्रिक नेपाल परियोजनाले गर्ने क्रियाकलाप तथा यसको परिचय कार्यक्रम प्रस्तुति गर्नुभएको थियो । उहाँले परियोजनाले उद्योग रुपान्तरणमा कसरी सहयोग गर्ने विषयमा जानकारी गराउँनुभयो । कार्यक्रममा उद्योगी डम्मर प्रसाद शर्माले नेपालमा ईट्टा उद्योगका अवस्था, समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संघीय सरकार श्रम, रोजर तथा सामाजिक सामाजिक सुरक्षा मन्त्रालयको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग कारखाना निरिक्षक प्रशान्त शाहले ईट्टा उद्योगले पालना गर्नुपर्ने श्रम कानुन सम्बन्धी जानकारी तथा सहकार्य विषयमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । भने शाहले प्रस्तुत गर्नुुभएको उक्त कार्यपत्रमा, ईट्टा उद्योग प्रदेश नं. ५ का अध्यक्ष थानेश्वर घिमिरे, जे.एम ईट्टा उद्योगका संचालक, विरेन्द्र जयसवल, कपिलबस्तु निर्माण व्यावसय संघका अध्यक्ष महमुद मियाँ, ईट्टा उद्योग प्रदेश नं. ५ का महासचिव रुक बहादुर भुषाल लगायतले प्रश्न तथा टिप्पणी गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा जिल्ला बार एसोसिएसन अधिवक्त नरसिंह चौधरीले कामदार मैत्री ईट्टा उद्योगको नीति निर्माण गर्न कार्यक्रमबाट निस्केको अन्तिम कार्यपत्र प्रस्तुत गर्नुभयो भने नेपाल गुडविभका कार्यकारी निर्देशक शुष्म पोखे्रले ईट्टा उद्योग नैतिक उद्याोगको रुपमा विकास गर्दै लैजानु पर्ने भन्दै युवाहरुलाई स्वादेशमा नै रोजगारी गर्ने वातावरण सिर्जन गर्नुर्ने बताउँदै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।