तमु समाज हङकङमा नयाँ कार्यसमिति , अध्यक्षमा स्याङजाका कोमल गुरुङ

प्रकाशित मिति:

सबलपोष्ट – । तमु समाज हङकङको दोस्रो अधिवेशनबाट नयां कार्यसमिति चयन भएको छ । जसको अध्यक्षमा स्याङजाका कोमल गुरुङ निर्वाचित भएका छन् । जुलाई १ तारिखमा भएको उनी दोस्रो पटक निर्वाचित भएका हुन् । बरिष्ठ उपाध्यक्ष श्रीमन प्रसाद गुरुङ,उपाध्यक्ष सुमित्रा गुरुङ,सचिव अनिता गुरुङ,सहसचिव मुककाजी गुरुङ,कोषाध्यक्ष बिकास गुरुङ र सहकोषाध्यक्षमा बिष्णु गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा रमेश गुरुङ, देबराज गुरुङ, ओम प्रसाद गुरुङ, मन गुरूङ, रबि गुरूङ, कुश गुरूङ, सन्तोष गुरूङ,गमगुरूङ,दुतबहादुर गुरूङ,किशन गुरूङ,कुलबहादुर गुरूङ र प्रबक्तामा भिमबहादुर गुरुङ चयन भएका छन् ।

अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष गुरुङले हङकङमा रहेका तमुहरुको सुख दुखमा साथ दिने र समस्या पर्दा समाधानको पहल गर्ने तथा तमु भाषा, संस्कृति प्रवद्र्धन र सामुहिक लगानीबारे समाज र आफूले काम गर्ने बताए । –मकाउबाट टेक पौडेलको सहयोगमा