सुपाखोलामा जिप दुर्घटनामा तीन जनाको मृत्युु, पाचँ घाईते

प्रकाशित मिति:

घनश्याम पौडेल । गोरूसिंगे सन्धिखर्क सड्क अन्तर्गत सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना भएको छ । सुपादेउराली मन्दिर देखि सन्धिखर्क जाने सड्कमा १५० मिटर अगाडि उकालोबाट पल्टिएको हो । दुर्घटनामा तिन जनाको घटनास्थलमै मृत्युु भएको छ । तिनै जना पुरूष रहेको प्रहरीले बताएको छ । कृष्णनगरबाट सन्धिखर्क आउँने लु १ ज १३२९ नम्बरको गाडि दुर्घटना भएको हो ।गाडि सड्कबाट ५०० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।

मृत्यु भएकाहरूको पहिचान खुल्न बाकि छ । उकालो बाटोमा गाडिको कन्डिसन खराब भई दुर्घटना भएको प्रहरीले बताएको छ । गाडिमा १० जना सबार रहेको जसमा ५ जना घाईतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारका लागि पठाईएको छ ।