ट्रयाक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

पाँचथर – पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मौवा बजारमा ट्रयाक्टरले किचेर बुधबार बेलुका एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुम्बेवा २ का सुरेन्द्र खत्रीको ५ वर्षिय छोरा रिदम खत्री रहेका छन् । वालुवा लिएर आएको मे १ त ५४६० नम्बरको ट्रयाक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष कमल थापाले जानकारी दिए । ट्रयाकटर चालक मदन कार्कीलाई इलाका प्रहरी कार्यालय मौवाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । – हाम्राकुरा