अमेरिकामा गयो २ दशक यताकै शक्तिशाली भुकम्प

प्रकाशित मिति:

एजेन्सी –अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा बलियो भूकम्प गएको छ । भुकम्पका कारण विभिन्न क्षति र आगलागी भएको छ ।लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दुमा केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अमेरिकी जिओलोजिकल सर्वे युएसजिएसले ६।४ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ । त्यहाँ आपतकालिन घोषणा गरिएको छ ।

केन्द्रविन्दु रहेको शहरमा ठूलो क्षति भएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएको कुरा एजेन्सीले जनाएको छ । भुकम्पका कारण केही मानिसहरु घाइते भएको समेत जनाइएको छ ।उद्धारका लागि अग्निनियन्त्रकहरु एवं सुरक्षाकर्मी खटिएका छन् । यो भुकम्प अन्तिम नभएको क्यालिफोर्नियाका आपातकालीन सेवाका गर्भनर ब्राड अलेक्जेंडर ले बताएका छन् ।भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेकी छन् ।भुकम्प १० देखि १५ सेकेण्डसम्म रहेको जनाइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ।