काठमाडौँ –भारतबाट आयात हुने तरकारीमा ९० प्रतिशत विषादी हुनेगरेको तथ्य सार्वजनिक भएको छ सरकारले भारतीय तरकारीलाई पुनः नेपाल छिर्ने अनुमति दिए पनि कृषि विज्ञले भने भारतबाट आयात हुने तरकारीमा ९० प्रतिशत विषादी हुने गरेको दाबी गरेका छन् ।रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञहरुको भनाइ छ ।
विषादी मिसिएको तरकारी अधिकांश कालिमाटी तरकारी बजारबाटै उपभोक्ताको घरसम्म पुग्ने गरेको समेत देखिएको छ । कालिमाटीमा भारतबाट आउने तरकारी सस्तो हुने भएपछि खुद्रा व्यापारीले त्यही किनेर विक्री गर्ने गर्दछन् ।भारतको तरकारी भन्दा नेपालको महंगो हुने हुँदा उपभोक्ताले सस्तोको नाममा भारतीय तरकारी नै खरिद गर्दा विषादीयुक्त तरकारी खपत गर्ने गरेको समेत विज्ञको भनाइ छ ।तर सरकारलै नै भारतबाट यसरी निर्बाध आयात हुने विषादीयुक्त तरकारी र फलफूलमा भने परीक्षणमा कडाइ गर्न सकेको छैन । भारतबाट आउने तरकारीमा विषादीको मात्रा परीक्षण गरेर मात्र भित्र्याउन दिएको आफ्नै निर्देशन सरकारले दुई साता नबित्दै फिर्ता लिएको छ ।









