प्युठान – प्युठानको सरुमारानी गाउँपालिका–४ स्थित डाँडापसलस्थित भीरबाट जिप खस्दा सोही जीपका चाकको घट्नास्थलमै मृत्यु भएको छ। रोल्पाको सुलिचौरबाट दाङको घोराहीतर्फ जाँदै गरेको पाण्डेश्वरी यातायातको रा १ च ६५८ नम्बरको सुमो भीरबाट करिब ४ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा सोही सुमोका चालक प्युठान नगरपालिका–९ सालघारीका चन्द्र बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले बताए। सुमो मर्मतका लागि रोल्पाबाट खाली आएको बताइएको छ।









