तालिबानको कब्जामा रहेका ४० सुरक्षाकर्मी रिहा

प्रकाशित मिति:

एजेन्सी –अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले आफ्नो नियन्त्रणमा रहेका ४० अफगान सुरक्षाकर्मीलाई रिहा गरेको छ ।उत्तरी अफगानिस्तानको जवजवान प्रान्तमा तालिबानले आफ्नो नियन्त्रणमा राखेका प्रहरीलाई रिहा गरेको हो । रिहा भएपछि ती प्रहरी नजिकैको सैनिक शिविर पुगेको अफगान अधिकारीले जनाएका छन् ।

आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीचको भेटवार्ताका क्रममा सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण रिहा गरिएको हुनसक्ने अनुमान गरिएको छ अफगान सरकारले पनि केही महिना अघि करिब ९०० तालिबानलाई रिहा गर्ने घोषणा गरेको थियो ।गएको दुई सातायता तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मीलाई रिहा गरेको यो दोस्रो पटक हो । गत हप्तामात्र अघि पनि तालिबानले ४२ सुरक्षाकर्मीलाई जवजवान प्रान्तबाट नै रिहा गरेको थियो ।केही महिनाअघि तालिबानले जवजवान प्रान्तको काश तेपा जिल्लामा भीषण आक्रमण गरी ९० प्रहरीलाई अपहरण गरेका थिए ।