वीपी प्रतिष्ठानको कार्यकारीणी समितिमा डा. चौधरी मनोनित

प्रकाशित मिति:

धरान –वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कार्यकारीणी समितिको सदस्यमा प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डा. पशुपति चौधरी मनोनित भएका छन् । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन, २०४९ को दफा १० को उपदफा (१) ङ बमोजिम प्रतिष्ठानका विभागीय प्रमुखहरु मध्येवाट उपकुलपतिको सिफारिसमा कार्यकारिणी समितिको सदस्य पदमा प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डा. चौधरीलाई मनोनयन गरेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए

विभागीय प्रमुखको अतिरिक्त डेपुटी अस्पताल निर्देशक, प्रवक्ता लगायत प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापनका लागि गठित विभिन्न समितिहरुमा रही कार्य गरिसक्नुभएका चौधरीसंग राम्रो प्रशासनिक तथा व्यवस्थापकीय अनुभव रहेको उनले बताए ।डा. चौधरीले प्रतिष्ठानको कार्यकारीणी समितिको सदस्य जस्तो गरिमामय पदमा मनोनयन गरिएकोमा खुशी व्यक्त गर्दै आफ्नो पद अनुरुपको कर्तव्य तथा आचरण पालन गरी प्रतिष्ठानको विकास, विस्तार र सञ्चालनमा महत्वपूर्ण योगदान दिने प्रतिवद्धता जनाए ।