खोलामा डुबेर बालिकाको मृत्यु

प्रकाशित मिति:

कैलाली-कैलालीको बर्दगोरीया गाउँपालिका९३ रानीकुण्डा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय कमल विककी ५ वर्षीय छोरी यशोदा विकको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दिउँसो २ बजेतिरको समयमा गणेश शाहीकी १२ वर्षीय छोरी लक्ष्मी शाहीसँगै नदीमा नुहाउन गएको बेला यशोदाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो