बालुवाटारमा बेलुका बस्ने गरी सकियो मन्त्रिपरिषद बैठक

प्रकाशित मिति:

काठमाडौं – मंगलबार बिहानैदेखि बसेको मन्त्रिपरिषद बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी बेलुका बालुवाटारमा बस्ने गरी सकिएको हो ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले खबरहबलाई जानकारी दिए ।

आजको बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र वन मन्त्री शक्ति बस्नेत अनुपस्थित भएको र उनीहरुको सहभागितामा बेलुका प्रधानमन्त्री निवास बालुवाटरमै बैठक बस्ने गरी बैठक टु‌गिएको हो । बैठकमा विषादीयुक्त तरकारीका विषयमा सरकारले गरेको निर्णय, मन्त्रिपरिषदका सदस्यको फेरबदल लगायतका विषयमा छलफ‍ल हुनेछ ।