सावित्री हत्याकाण्ड : थप १० दिन थुनामा राख्न अनुमति

प्रकाशित मिति:

                                              ईश्वरी भन्छिन्– मेरो संलग्नता छैन, प्रेमी भन्छन् दुबै मिलेर हत्या 

काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीकी सावित्री भट्टराई हत्या प्रकरणमा पक्राउ परेका चार जनालाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, भक्तपुरले भट्टराईकी छोरी ईश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, कन्ट्याक्ट किलर भारतीय नागरिक अर्जुनकुमार भनिने भोला कुमार र मोहमद रइसलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।