क्यानडाको ब्रामटन शहरमा बहुसाँस्कृतिक महोत्सव काराब्राम , नेपालले पनि भाग लिदैं
राजु थापा, , क्यानडा । क्यानडाको ओन्टारियो प्रान्तको बिभिन्न शहरहरु मध्ये ब्राम्पटन शहरमा आज जुलाई १२ बाट बहु–साँस्कृतिक तथा ब्यापार मेला काराब्राम हुन लागेको छ । मेला ३ दिन सम्म चल्ने छ । यस मेलामा नेपालले पनि भाग लिदै छ । सो महोत्सवमा नेपालको पर्यटकिय क्षेत्र, बिभिन्न जातजातिका कला सँस्कृति, भेषभुषा र नेपाली परिकारको बिक्रि तथा प्रदर्शन लगायत आआफ्नो देशको चिनारी झल्काउने सामाग्रिहरुको प्रदर्शन तथा बिक्रि बितरण गरिने छ । यस बर्षको कार्यक्रमको आयोजना एनआरएनए क्यानडा र एनसीएनसीले संयूक्त रुपमा गर्दै छन् । आयोजकले सबै क्यानडाबासी नेपाली दाजु भार्इ तथा दिदिबहिनीहरूमा उक्त मिति र समयमा उपस्थित भै कार्यक्रम सफल बनाउन सहयोगका लागि अपिल गरेको छ ।












