नेपाली क्रिकेटको बिजय बाढी-पहिरोमा ज्यान गुमाउने र प्रभावितमा समर्पित

प्रकाशित मिति:

मलेसिया बिरुद्धको दुई टि-२० खेलको श्रृखंला नेपालले जितेको छ। उक्त जितलाई नेपाली क्रिकेट कप्तान पारसले नेपालमा बाढी-पहिरोबाट ज्यान गुमाउनेहरु प्रति समर्पित गरेका छन्।
कप्तान पारसले फेसबुकमा लेखेका छन्- ‘ दुई दिनमा दुई राम्रो जित र सबै समर्थकहरुलाई धन्यवाद। हाम्रो जित नेपालमा गएको बाढी-पहिरोमा परेर ज्यान गुमाउनेहरु तथा प्रभावितहरुमा समर्पित गर्दछौं। जय नेपाल…’ नेपालमा अविरल झरीका कारणले आएको बाढी-पहरोमा परि ५० भन्दा बढिले ज्यान गामईसकेका छन् भने हजारौं प्रभावित भएका छन्।

दोस्रो खेल
नेपालले कीर्तिमानसहित पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्लिनस्वीप गरेको छ । मलेसियालाई २ खेलको सिरिजमा २–० अन्तरको जितसहित क्लिनस्वीप गरेको हो । किन्रारा ओभलमा भएको दोस्रो खेलमा नेपालले ६ रनको जित निकालेको हो । पहिलो खेलमा शनिबार नेपालले ७ विकेटको जित निकालेको थियो ।मलेसियाले ७ विकेटको नोक्सानीमा १६७ रन बनायो । मलेसियाले १७४ रनको चुनौती पछ्याएको थियो ।

यस्तो थियो पहिलो खेल मलेसियाले पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १२८ रन बनायो ।जवाफमा नेपालले १८.३ ओभरमा ३ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गर्यो ।कप्तान पारसले नटआउट ८६ रन बनाएपछि नेपाल ७ विकेटले विजयी भएको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।यस्तै बलिङतर्फ करण केसीले ३ विकेट लिएका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रहेको थियो । ओपनिङ बलर सोमपाल कामीले १ विकेट हात पारेका थिए ।