तिनाउमा बाढीले खतरा तह पार गर्यो ,उच्च सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाको आग्रह

प्रकाशित मिति:

बुटवल –भारी वर्षापछि तिनाउ नदीमा आएको बाढी (जल सतह)ले खतराको तह पार गरेको छ । बाढीले खतरा तह पार गरेपछि मौसम पुर्वानुमान महाशाखाले तिनाउको तल्लो तटीय क्षेत्रका बासिन्दालाई मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

बुटवलमा तिनाउ नदी किनारमा सयौंकोे संख्यामा सुकुम्बासीका नाममा बस्ती बसेको छ । नदी बग्ने ठाउं नै अतिक्रमण गरेर वस्ती बसेकाले वर्षायामका बेला तिनाउ किनारका वस्ती वर्षेनी जोखिममा पर्ने गरेका छन् । यस्ता वस्तीमा सरकारले सडक, विद्युत र खानेपानीको सेवा उपलब्ध गराएपछि नदी क्षेत्र अतिक्रमणको साटो बढ्दो छ ।