शितलको दु:ख बिसाउने चौतारी बजारमा

प्रकाशित मिति:

बुटवल – नेपाली लोक संगितको क्षेत्रमा आफ्नो बेग्लै ईतिहास रच्न सफल गायिका शितल शर्माको तीजगीत ‘चौतारी’ सार्वजनिक भएको छ। संचारकर्मी ,कार्यक्रम प्रस्तोता साथै चर्चित गायिका पनि शर्माले यसअघि पानीजहाज गीत ल्याएपछि सर्वाधिक चर्चा भएको थियो ।
गत वर्ष गायिका शर्माले ‘महारानी’ बोलको तीज गीत ल्याएकी थिइन । गायक तथा सर्जक बैकुण्ठ महतको शब्द र चर्चित गायक खुमन अधिकारीको लय सिर्जनामा तयारी गरेको ‘चौतारी’ बोलको गीत सार्वजनीक भएको हो।

शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोमा लोकप्रिय कलाकार ठ्यास कुमारी निरु खड्का, किशोर निरौला, दिभिशा शर्मा लगायतको अभिनय रहेको छ । मधुर बस्नेतको छायांकन रहेको गीतको म्युजिक भिडियो नविन घर्ती मगरले सम्पादन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा पानीजहाज र रेलका कुरा चर्चामा भएको समयमा चर्चित गायक बैकुण्ठ महत र शितलको आवाजमा भाग १ पछि २ पनि बजारमा आएको थियो । हेर्नुहोस् सितलको चौतारी :-