चितवन -हिजो ब्यबस्थित ल्याब र प्रोजेक्टरको माग राखी बिरेन्द्र बहुमुखी कयाम्पस,भरतपुर चितवनमा बिसिए अध्यनरत बिधार्थीहरुले आन्दोलन गरेका छन।उक्त आन्दोलन पछि तालाबन्दी गरियो र पछि तालाबन्दी खोल्न वा नखोल्ने भन्ने बिषयमा विद्यार्थी बिच हात हालाहालको स्थिति आएको थियो। सो कुरा लिएर नेकपा सम्वद्ध विद्यार्थीहरले आफ्नो कार्यकर्ताको कुटपिट भएको भन्दै सहायक क्याम्पस प्रमुखको कार्यलयमा तोडफोड गरेका छन्।
हिजो सांझ अबेर सम्म दुई समूह बिच स्थानिय प्रशासनले छलफल गराई सहमति गराउने अवस्था भैसकेको बेला अनेरास्वबियुका एक समूहले आज बिहानै क्याम्पस प्रमुखको कार्यकक्षमा गै आगजनी गरे पछि बिरेन्द्र क्याम्पसमा तनाव बढेको छ । क्याम्पसमा अध्ययनरत अन्य बिधाथीहरु समेत आन्दोलमा सहभागि भै क्याम्पसमा आगजनी गर्ने अराजकहरुलाई कार्बाहीको माग गरेका छन।
प्रहरी बिट नजिकै रहेको सो क्याम्पसमा कसले आगजनी गरेको भन्ने प्रहरी प्रशासन र क्याम्पस प्रशासनलाई थाहा हुदा हुदै पनि कार्बाही नगरिनुले बिधार्थीहरु झन आक्रोसित भएको सो क्याम्पसका एक बिधार्थीले जानकारी दिएका छन।उनले भने क्याम्पस प्रमुखको कार्यकक्षमा पेट्रोल छर्केर आगजनी ब्यक्ति प्रहरी र क्याम्पस प्रशासनलाई थाहा छ तर दुबै तै चुप मै चुप भएर बसेका छन। क्याम्पसमा भएको अराजक गतिबिधिको भत्सर्ना गर्दै नेपाल बिधार्थी संघ,बिरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले प्रेस बिज्ञप्ती निकालेको छ। राजनैतिक दलका खोल ओढेका अराजक ब्यक्तिहरुबाट क्याम्पसमा भएको तोडफोड आगजनीबाट क्याम्पसको भैतिक क्षति भएको र यस्तो आगजनी र तोडफोड गर्नेहरुको पत्ता लगाई कारर्बाहीका लागि माग गरिएको छ।









