अमेरिकामा गर्मीका कारण ६ जनाको मृत्यु

प्रकाशित मिति:

अमेरिका – अमेरिकामा तातो हावाका कारण ६ जनाको मृत्यु भएको छ । तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको सिन्ह्वाले जनाएको छ। अमेरिकी फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ।

क्यालिफोर्नियामा गर्मीका कारण माछा मर्यो स्थानीय अधिकारीहरुका अनुसार एरिजोनामा एक जना प्राविधिकको पनि बिहीबार नै मृत्यु भएको छ।
बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ । अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रमहरु स्थगित भएका छन्।