डुबेर तीन बर्षीय बालकको मृत्यु !

प्रकाशित मिति:

सर्लाही – सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–१, धोबिनियाँ मुसहरी टोल बस्ने सञ्जय माझीका तीन वर्षीय छोरा निरज माझीको पानीमा डुबेर मृत्यु भएको हो ।
घर नजिकै खेल्ने क्रममा पानीको निकास हुँदा बनेको खाल्डोमा डुबेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एक साताअघि जिल्लाको कौडेना गाउँपालिकामा वर्षाको पानी जमेको खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको थियो ।