मोरङ-मोरङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । खेत जोत्दै गरेको अवस्थामा श्याम मण्डलको चट्याङ लागेर ज्यान गएको हो ।धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय मण्डलको चट्याङ लागेर घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जानकारी दिएका छन् ।
घरदेखि लगभग दुई सय मिटर पर धान रोप्नका लागि खेत हिल्याउँदै गरेको अवस्थामा चट्याङ परेको थियो । चट्याङले खेत जोत्दै गरेका एक हल गोरु पनि मरेका छन् ।त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएका छन् ।आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनकी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ ।









