काठमाडौँ –नेपाल काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संविधान विरोधी काम गरिरहेको आरोप लगाउनु भएको छ । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले आफैले बनाएको संविधानको खिल्ली उडाउँदै स्वतन्त्र न्यायपालिकामाथि प्रहार गर्नुका साथै संवैधानिक निकायलाई पंगु बनाउने काम गरेको बताउनुभयो । त्यसैगरी निर्वाचन आयोग, लोकसेवा आयोग र प्रेस स्वतन्त्रतामाथि सरकारले अनावश्यक हस्तक्षेप गरेको सिटौलाको भनाई छ ।
नेपाली काँग्रेसका स्वर्गीय नेता विपी कोइरालाको ३७ औं स्मृति दिवसको सन्दर्भमा रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको विचार गोष्ठिलाई संवोधन गर्दै नेता सिटौलाले सरकारले गरेको कामप्रति ओलोचना गर्नुभएको हो ।विचार गोष्ठिको अवसरमा रामेछाप जिल्लाबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण भएका विद्यार्थी तथा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल विषयगत शिक्षकहरुलाई सम्मान समेत गरिएको छ ।
विचार गोष्ठि अघि नेपाली काग्रेस रामेछापको आयोजनमा बृक्षारोपण समेत गरिएको थियो । मन्थलीस्थि भैसेश्वरमा आँप लिची, स्वामी, क्यासीयो लगायका विरुवा रोपिएको थियो ।विपी स्मृति दिवसको अवसरमा रोपिएको २ सय ५० विरुवा वातावरण संरक्षण समिति रामेछापले उपलब्ध गराएको हो ।









