डेनमार्क । डेनमार्कको डाना कप २०१९ खेल्न नेपालको प्रधिनिधित्व गर्दै गोल्स फुटबल एकेडेमीका १५ बर्षमूनीका उमेर समूहका खेलाडी तथा प्रशिक्षक लाई एन आर एन ए डेनमार्कका अध्यक्ष तथा युवा सम्योजकबाट कोपनहेगन एयरपोर्टमा स्वागत गरिएको छ।
उक्त डाना कप खेल्न स्वयम एकेडेमीको पहल र लागतमा नेपालबाट युवा टोली डेनमार्क आईपुगि सकेको छ जुन टोलीमा डेनमार्क मै बस्दै आएका केही युवा खेलाडीहरुको पनि सहभागिता रहने छ। यही अगस्ट २२ देखी २७ सम्म खेलिने उक्त प्रतियोगिताका लागी युवा नेपाली टोलीको बेजोड खेल प्रदर्शनीका लागि एन आर एन ए डेनमार्कले शुभकामना व्यक्त गरेको छ ।












