प्रधानन्यायाधीश जोशीको १५ दिने बिदा आज सकिँदै, भैपरी विदा थप गर्दै सर्वोच्च नजाने जोशीको तयारी
३ भदौ, काठमाडाैँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बस्नुभएका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी थप विदामा बस्ने हुनुभएको छ ।जोशीको विदा सकिएपछि सर्वोच्च अदालत जाने हल्ला चलेपनि उहाँ थप विदामा बस्ने हुनुभएको छ । जोशीले आफू भैपरी विदामा बस्ने जानकारी दिनुभयो । सर्वोच्च अदालतमा गए द्वन्द्व बढ्न सक्ने भएकाले उहाँले भैपरी विदाको बाटो अपनाउनुभएको हुन सक्ने जानकारहरु बताउँछन् ।संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि साउन २० गतेदेखि उहाँ बिदामा हुनुहुन्छ । १५ दिनका लागि लिइएको आज सकिदैछ । भैपरी विदा थप गर्दै अझै सर्वोच्च नजाने जोशीको तयारी रहेको छ ।












