बुटवल – सप्तरङी कला केन्द्र रुपन्देहीले सञ्चालन गरेको स्टेप अफ डान्सको ग्रान्ड फिनाली आउदो सनिबार ११ गते दिनको ३ बजे बजे देखी आरम्भ रिसोर्ट ढवाहँमा हुने भएको छ । २१ प्रतियोगी बाट छान्दै टप प्रतियोगीहरुको छनोट कार्यक्रममा प्रमुख आतिथ्यता बुटवल उध्योग बाणिज्य संघका कोषाध्यक्ष एबम युवा ब्यबसायी बिमलराज भट्टराईको रहने कार्यक्रम संयोजक अर्जुन गुरुङले सबलपोस्टलाई जानकारी दिए ।
स्थानिय कला , सास्कृतिक नृत्यलाई उजागर गर्ने र समाजमा रहेका विकृतिहरुको विरुद्दमा जनचेतना फैलाउने उदेश्यका साथ स्थानिय कलाकारहरुलाई प्राथमिकता दिई उनिहरुको कला देखाउने अवसर सप्तरङी कला केन्द्र रुपन्देहीले बिभिन्न समयमा कार्यक्रमहरु गर्दै आइरहेको थियो ।

उक्त ग्रान्ड फिनालीमा प्रथम, द्वितिय ,तृतिय र सान्तना हुने प्रतियोगीहरुले क्रमस रु १,००,००० , रु ५०,००० ,रु २५,००० र रु १५,००० र आकर्षक मायाको चिनो प्राप्त गर्ने संयोजक अर्जुन गुरुङले जानकारी दिए । प्रबन्ध निर्देशक रबी थापाका अनुसार कार्यक्रम अन्य प्रतियोगिता भन्दा बेग्लै रहने र सहयोगी , शुभचिन्तक सबैमा उपस्तिथीका लागि अनुरोध समेत गरेका छन ।












