घुससहित घरेलु तथा साना उद्योगका खरिदार पक्राउ

प्रकाशित मिति:

काठमाडौँ –घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखामा खरिदार घुस रकम सहित पक्राउ परेका छन् ।कार्यालयका खरिदार पुष्कर अधिकारी होटल व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग ७३ हजार ९५० रुपैयाँ लिदैँ गर्दा पक्राउ परेका हुन् । अख्तियारको टोलीले उनलाई ४ हजार घुससहित पक्राउ गरेको थियो।

अख्तियारको टोलीले उनको कोठामा खानतलासी गर्दा ७३ हजार ९५० घुस लिइएको पाइएको अख्तियारले जनाएको छ ।