रोट्रायाक्ट क्लव अफ बुटबल डाउनटाउनको अध्यक्षयमा मधु भट्टराई

प्रकाशित मिति:
रोट्रायाक्ट  क्लब अफ बुटबल डाउन टाउनको १७  औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।  बुटबलको अम्रपालि होटलमा  भएको कार्यक्रममा वर्ष २०१८÷१९ का अध्यक्ष अजित घतानेले वर्ष २० १९÷२० अध्यक्ष मधु भट्टराईलाइ पद हस्तान्तरण गरेका हुन ।  कार्यक्रममा वर्ष २०१८ ÷१९ का अध्यक्ष अजित घतानेले आफनो कार्यकालमा सहयोग गर्ने क्लवका पदधिकारी, कार्यक्रमका संयोजकहरु, बिभिन्न संघ सस्थाका अध्यक्षहरुलाई प्रसंशा पत्रबाट सम्मान गर्नु भएको थियो ।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका प्रमुख शिबराज शुवेदिले सामाजिक क्षेत्रमा रोट्रयाक्टहरुले खेलेको भुमिकालाइ उच्च मुल्याङ्कन गदै यि संस्थाहरुलाइ अझ प्रभावकारि व्याबस्थीत बनाएर अगाडी लैजानु पर्ने बताउनु भयो
 बुटबल उपमहानगरपालिकाले यस उपमहानगरपालिकालाइ पर्याटकीय क्षेत्रको रुपमा बिस्तार गर्दै बुटबलाइ सुखि र समृद्धि नगरको रुपमा बिकास गर्दै अगाडी बढेको बताए । यस उपमहानगर पालिका भित्र रहेका महत्वपूर्ण पार्कहरुलाइ  , पर्याटकीय क्षेत्रको रुपमा विस्तार गदै आएको बताए ।  जितगढी, रामापिथेकस जस्ता महत्वपूर्ण पर्याटकिय क्षेत्रको रुपमा प्रचार प्रसार  गरि प्रर्याटकीय क्षेत्रको रुपमा अगाडी बढाउन । रुपन्देहिमा रहेका रोटरी क्लव रोट्रयाक्ट क्लवहरुलाइ सहयोग गर्न आग्रह गरे ।
उहाले युवालाई सहि बाटो देवाउन र दुव्यसनबाट बचाउन सामाजिक चेतनाका कार्यक्रमलाई रोट्रयाक्ट क्लवहरुले एउटा अभियानको रुपमा अगाडी वढाउन  आग्रह गरे ।
पद हस्तान्तरण पछि आफनो  जिम्वेवारी लिदै क्लवका अध्यक्ष मधु भट्र्टराइले  समयको महत्व बुझेर साामाजिक कार्यमा लाग्ने बताउनु भयो । यस क्लवलाइ समाजिक  क्षेत्रमा  निरन्तरण अगाडी बढाउने उहाले बताउनु भयो ।  कार्यक्रममा रोटरी डिष्ट्रिकका  ए जी  इन्द्र सुनावर , गोपाल न्यौपाने ,नेकपाका नेता गोपाल राना रोटरी क्लव बुटबल डाउन टाउनका अध्यक्ष लुल्सी घिमिरे  मदन भण्डारी स्पोर्टसका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्य , क्लबका पुर्ब अध्यक्ष राजिव गौतम गणेश चन्द्र पोखे्रल , सस्थापक सद्स्य तिलक सुन्दर कार्की लगायतले मन्तव्य राखेका थिए । उक्त अवसरमा नेपाल पर्यटन बर्ष २०२० लाई प्रवर्द्धन गर्ने गरि नेपालका  महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरुको तस्बिर सहित जानकारी समावेस गरिएकोसन्देशमुलक क्लब डाइरेक्टरि र  क्लबका पदाधिकारी तथा सदस्यहरुको लागि ड्रेसको रुपमा टीसर्ट  समेत बिमोचन गरिएको थियो । कार्यक्रम क्लबका इलेक्ट प्रेसिडेन्ट  लक्ष्मण पन्थीको स्वागत मन्तव्य अध्यक्ष द्धोय अजित घताने र मधु भट्टराइको अध्यक्षयता सचिव द्धोय डिल्लीराज ढकाल र सौरभ भुषाल को सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।