ढुङ्गाले लागेर घाईते, हुलाकीलाई ३ लाख ८० हजार तिरेर हेलिकप्टर मार्फत उपचारका लागि बाँके लगियो
मुगु । मुगुमा एक हुलाकी ढुङ्गाले लागेर घाइते भएका छन् । जिल्ला हुलाक कार्यालयमा कार्यरत छायानाथ रारा नगरपालिका–९ मुर्माका ५० वर्षीय हरिबहादुर रोकाया घाइते भएका हुन् ।ढुङ्गाले लागेर मुगुमा एक हुलाकी घाईते, ३ लाख ८० हजार तिरेर हेलिकप्टर मार्फत उपचारका लागि बाँके लगियो रोकाया छायानाथ रारा नगरपालिकाबाट खत्याड गाउँपालिकातर्फ फकिर्ने क्रममा पातीहाल्नेमा माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका हुन् । उनको टाउको र छातीमा चोट लागेको छ । रोकायालाई रु तीन लाख ८० हजार भाडा तिरेर हेलिकप्टरमा उपचारका लागि नेपालगन्ज लगिएको उनका काका जनकबहादुर रोकायाले जानकारी दिनुभयो ।









