प्रधानमन्त्री ओलीको नाममा अश्लिल वेबसाइट !

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा अश्लिल वेबसाइट खोलेको भेटिएको छ । केपी शर्मा ओली डटकम (kpsharmaoli.com) नामको वेबसाइटमा अश्लिल सामाग्री भेटिएको हो । यो वेभ साइट भने प्रधानमन्त्रीको आधिकारिक वेबसाइट होइन । प्रधानमन्त्रीको आधिकारिक वेबसाइट केपीशर्मा ओली डटकम डट एनपी (kpsharmaoli.com.np) हो ।

प्रधानमन्त्री केपी शर्मा ओली कै आधिकारिक वेबसाइटको नामबाट पछाडी डट एनपी हटाएर मिल्दोजुल्दो वेभ कसले खोल्यो भन्ने खुलेको छैन् ।
यो वेबसाइट खोल्दा चिनियाँ भाषामा केहि अक्षरहरु देखिन्छन् भने दाहिने पट्टि एक नग्न युवतीको तस्बीर रहेको छ । प्रधानमन्त्रीको सचिवालयले केपीशर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको जनाएको छ । प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले अन्य मिल्दो जुल्दो पेज हेरी भ्रममा नपर्न आग्रह गरेका छन् ।