बुटवल – तिज हिन्दु नेपाली नारीहरुको महान चाडको रुपमा लिने गरिन्छ । बिशेषत १ बर्षभरी काम गर्दा थकान महसुस गरेका महिलाहरु आफुले भोगेको दुख पिरलाई भुलेर रमाईलो गर्ने र मनको बह पोख्ने गर्दछन । यसै क्रममा गुल्मेली गायक नन्दु परियारले ‘फुर्के डोरी ‘ नामक मार्मिक तिज गीत बजारमा ल्याएका छन । पछील्लो समयमा बुटवलमै बसेर लोक संगितको यात्रामा होमिएका नन्दु सुरिलो एबम लोक भाकाका बादशाहका रुपमा परीचित छन । उनले गाएका हरेक गीतमा मौलिक पन एबम सुरिलो भाकाको समिश्रण रहेको हुन्छ । २०७६ को तिजमा थप नन्दुको उचाई बढाउने हैसियतको तिजी कोसेली ‘फुर्के डोरी ‘ अन्य गीतको तुलनामा मौलिक एबम लोभ लाग्दो रहेको नन्दु बताउन्छन ।
तिजमा महिलाहरुले लगाउने डोरी , सारी र श्रिङ्गारको प्रयोग गरिएको उक्त गीत सहजै जो कोही नाच्न एबम गाउन मिल्ने रहेको उनी बताउन्छन । करीश्मा र धन केपीको आकर्षक अभिनय रहेको छ । गायकीमा उत्कृष्ट नन्दुलाई साथ दिएकी छन चर्चित लोक गायिका पूर्णकला बिसिले । उक्त गीतमा लय र शब्द नन्दु आँफै भरेका छन भने संगित बिनोद बाजुरालीको रहेको गीतलाई बुलबुल नेटवर्कले बजारमा ल्याएको छ ।
हेर्नुहोस् भिडियो :-












