नवलपुरमा लागुऔषध सहित तीन जना पक्राउ

प्रकाशित मिति:

निशा भण्डारी/नवलपुर – नवलपुरमा लागुऔषध सहित तीन जनालाई पक्राउ गरीएको छ । देवचुली नगरपालीका १६ फारममा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु.अ.अ ४२५३ नम्बरकाे टाटा सुमोमा लुकाएर लैजादै गर्दा दुई जना र पश्चिमबाट पुर्व आउदै गरेको ना.७ ख.६७४७ नम्बरकाे बसबाट एक जनालाई पक्राउ गरिएको हो । साउन १८ गते शनिवा सवारी साधन चेकजाचको क्रममा पक्राउ गरिएका तीन जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाे हाे । प्रहरी कार्यलय नवलपुरका डिएसपी अर्जुन रानाभाटका अनुसार टाटा सुमाेमा सवार कास्की पोखरा माहानगरपालीका २१ का ४० वर्षीय जितेन के.सि.(कार्की)ले जिन्स पाईन्टमा लुकाई ल्याएको नुर्फिन ६० फेनारागन ६० र डाईजेपाम सेरिजेक ६० एम्पुल गरी १८० एम्पु लसहित पक्राउ गरेको हो । कार्किसहित टाटा सुमोचालक रुपन्देही ओमरतिया गाउँपालिका-४ बेतौला बस्ने ३४ वर्षीय चुनमुन मल्लाहालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, चेकजाँच गर्ने क्रममा कावासोतिको तिनघरेचोकबाट पनि १ जना पक्राउ गरिएको छ । पश्चिमबाट पुर्व आउदै गरेको ना.७ ख.६७४७ नम्बरकाे बसबाट गोर्खा जिल्लाका लखनगाँपालीका वडा नं ३ मनकामना वस्ने २३ वर्षीय विशाल थापाको झोलामा लु काई ल्याएको २००/२०० एम्पु ल २ मिलिग्राम झोलसहितको डाईजा पाम, फेना रागन र नु्फिन सहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए । जिल्लामा पछिल्लो समय लागु औषधओ सारपो सार गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ । भारितीय सिमा नजिक भएको कारण पनि लागुऔषध गतिविधिमा सक्रिय भएको प्रहरीको भनाई छ ।