गुल्मी – आइतवार साँझ ५ बजेतिरबाट परेको पानी अहिले पनि रोकिएको छैन। तालको सतह को धेरै भाग घटेको छ। सोहि तालको नजिकै बडिगाड खोलाले मध्यपहाडि लोकमार्गको झण्डै २ सय मिटर भाग वगाएको छ। सो संगै बागलुङ बुर्तिवाङ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। गत वर्ष बडिगाड गाउँपालिकाको वडा नं। ७ को तुरतुरे भन्ने स्थानमा ठूलो पहिरो जाँदा वडिगाड खोलालाई ७ घण्टा थुनेर ताल बनाएको थियो। तटिय क्षेत्रमा रहेका बडिगाड गाउँपालिका भित्रका खाल, खार र खर्वाङ बजार क्षेत्र जोखिममा परेका छन ।
त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवति गाउँपालिका रुरु गाउँपालिका लगाएतको तटिय क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको छ। तटिय क्षेत्रमा उच्च सर्तकताको लागी समन्वय गरिरहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्रीले जानकारी दिनुभएको छ।
अहिले बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा,प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदी सहितको टोली घटनास्थलमा पुगेको छ।









