अमेरिकामा हिंसालाई ठाउ छैन – ट्रम्प

प्रकाशित मिति:

एजेन्सी– टेक्सस र ओहायोमा २९ जनाको ज्यान जानेगरी गोलीकाण्डहरू भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घृणालाई आफ्नो देशमा कुनै स्थान नभएको बताएका छन् । यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्ने विषयमा ट्रम्पले महान्यायाधिवक्ता, गुप्तचर निकाय एफबीआई र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको बताएको बीबीसीले जनाएको छ ।

त्यसबारे उनले सोमवार आज  आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा बताउने योजना बनाएका छन्। ट्रम्पले भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नु पर्ने बताएका छन् । उनले भने, “हाम्रो देशमा हिंसालाई कुनै स्थान छैन । हामीले यसलाई रोक्नका लागि आवश्यक काम गर्नेछौँ। यस्ता घटना वर्षौँदेखि भइरहेका छन्। अब हामीले यसलाई रोक्नैपर्छ। उनले अल पासो र डेटनमा भएका घटना “मानसिक रोगको समस्याका कारण भएको बताए।