नोबेल पुरस्कार बिजेता अमेरिकी साहित्यकार टोनी मोरिसनको निधन

प्रकाशित मिति:

एजेन्सी –नोबेल पुरस्कार विजेता अमेरिकी साहित्यकार टोनी मोरिसनको निधन भएको छ । ८८ वर्षको उमेरका उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।पछिल्लो केही समयदेखि विरामी रहि आएकी टोनीले सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार जितेकी थिइन् । उनको जन्म फरवरी १८, १९३२ मा संयुक्त राज्य अमेरकामा भएको थियो ।

साहित्यतर्फ नोबेल पुरस्कार जित्ने पहिलो अश्वेत महिलाका रूपमा चिनिने टोनीका ११ उपन्यासमध्ये अधिकांश लोकप्रिय छन्। उनको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित भएको थिया । त्यस्तै उनको सन् १९८७ मा प्रकाशित कृति ‘बिलभेड’ सबैभन्दा चर्चित कृति हो । उनको यसै कृतिले नोबेल पुरस्कार जितेको थियो ।भागेकी महिला दासको विषयमा लेखिएको उपन्यासमा फिल्म पनि बनेको छ । सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’द्धारा सम्मान गर्नु भएको थियो ।