एजेन्सी –भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।६७ बर्षीया स्वराजको निधन मङ्गलबार राति भएको थियो । उनको अन्त्येष्टि लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा गरिएको छ । उनको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित भएका थिए ।
स्वराजकी छोरी बाँसुरीले उनको अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गरिन् ।












