गुल्मी-गुल्मीको गुल्मी दरबार गाउँपालिका(३ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना गम्भिर घाइते भएका छन् ।रिडिबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । घाइतेको पहिचान हुन सकेको छैन ।









