एजेन्सी –उत्तर कोरियाले आज शनिबार पनि दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। यो सँगै उत्तर कोरियाले यो हप्ता गरेको क्षेप्यास्त्र प्रक्षेपण हो ।दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका ब्यालिस्टिक मिसाइल हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ अनबाट ‘एउटा अतिसुन्दर पत्र’ प्राप्त गरेको बताएपछि ती प्रक्षेपणहरू भएका हुन्।
ट्रम्पका अनुसार अमेरिकी र दक्षिण कोरियली सेनाको संयुक्त सैन्य अभ्यासबारे किम असन्तुष्ट छन्।दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। ती क्षेप्यास्त्र कोरियाली प्रायस्द्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसे।दक्षिण कोरियाली सेनाका अनुसार झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ती क्षेप्यास्त्र ४०० किलोमिटर पर पुगेका थिए।तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६।१ गुणा बढी थियो।गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निरस्त्रीकरणबारे पुनस् वार्ता थाल्ने सहमति गरेपछि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ।












