मायादेवी गाउँपालिका प्रमुखको गाडीमा आगजनी

प्रकाशित मिति:

तौलिहवा – कपिलवस्तुको मायादेवी गाउँपालिका प्रमुख बजरंगी चौधरीले चढ्ने लु१झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ ।सदरमुकाम तौलिहवास्थित निवास अगाडि पार्किङ गरेर राखिएको नयाँ स्कार्पियो गाडीमा आगजनी भएको हो । गाडी जलेर काम नलाग्ने गरी नष्ट भएको छ ।

राति साढे १० बजेतिर भएको आगजनीको जिम्मेवारी कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरी प्रमुख दीपशम्शेर जबराले बताए । गाडीमा लगाइएको आगो राति नै कपिलवस्तु नगरपालिकाको दमकलले निभाएको थियो । गाउँपालिका प्रमुख समाजवादी पार्टीका हुन् । गएराति नै दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा पनि आगजनी भएको छ