सुरेश परियार/सैनामैना – रुपन्देहीको सैनामैनामा सर्पको टोकाईबाट एक जनाको मृत्यू भएको छ । वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यू भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए । हिजो (सोमबार)विहान दाँत माँझदै घरको छेउमा हिडेकी सुकमायालाई एक्कासी खुट्टाको औँलामा विषालु सर्पले डसेको हो ।
गम्भीर घाइते अवस्थामा रहेकी उनलाईृ बुटवलको लुम्बिनी प्रादेशिक लुम्बिनी अस्पताल उपचारका लागी पठाउँदा अस्पतालले मृत्यू भएको घोषणा गरेको थियो । अधिक गर्मी बढे संगै सैनामैना लगायत अन्य ठाउँमा विषालु सर्पको विगविगी हुन थालेको छ ।









