गुल्मी समाज पोल्याण्डद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग ।।

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी – गुल्मी समाज पोल्याण्डद्धारा सत्यवतिका पहिरो पिडितहरुका लागि आर्थिक सहयोग गरेको छ । गत शनिवार गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष विदुर शर्माद्धारा गुल्मी समाज पोल्याण्डमा संकलन गरिएको नगद रु.२लाख, १७ हजार,५सय नगद रकम सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गरिएको थियो ।

गुल्मी समाज पोल्याण्डको सक्रियतामा हाल रोजगारीको शिलशिलामा हाल पोल्याण्डमा रहेका नेपालीहरु विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट संकलित जना व्यक्तिहरुबाट संकलन गरिएको नगद रकम सत्यवति गाँउपालिका वडा नं. ३ ठूलोलुम्पेक र वडा नं.४ लिम्घाका पहिरो पिडितहरुका लागि आर्थिक सहयोग गरेको गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष शर्माले जानकारी दिए ।