ने.बी संघ पाल्पा-रुपन्देही सम्पर्क समितीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – नेपाल विद्यार्थी संघ पाल्पा रुपन्देही संपर्क समितीद्वारा एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा सरसफाइ कार्य सम्पन्न गरेको हो ।

नेपाली कांग्रेस पाल्पा रुपन्देही संपर्क समितीका अध्यक्ष सुरेश पौडेल र सचिब किसोर पंगेनी उपस्थित रहेको उक्त कार्यक्रममा नेबी संघ पाल्पा रुपन्देही संपर्क समितीका अध्यक्ष मिलन राणाको अध्यक्षता एबम सचिब श्रीधर बस्यालको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा सरसफाईका लागि आवश्यक सामाग्री अस्पातलका कर्मचारीलाई हस्तान्तरण समेत गरिएको थियो ।