‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण रद्द

प्रकाशित मिति:

एजेन्सी –अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले आफ्नो डेनमार्क भ्रमण रद्द गरेका छन् । बीबीसीले ग्रिनल्याण्ड किन्ने विषयमा कुरा नमिले पछि राष्ट्रपति ट्रम्पले भ्रमण रद्द भएको आफ्नो समाचारमा जनाएको छ । ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो।

अमेरिकाले ग्रिनल्याण्ड किन्ने प्रस्तावलाई डेनीस प्रधानमन्त्री मेटे फ्रेडिक्सनले अस्वीकार गरेकी थिइन । त्यस पछि बुधवार मध्यान्न ह्वाइटहाउसको बगौंचामा बोल्दै राष्ट्रपति ट्रम्प फ्रेडिक्सनमाथि खनिएका थिए । ट्रम्पले मेटेलाई ‘खराब’ नेताको आरोप समेत लगाएका थिए ।ट्रम्प आफ्नो देशको राजकिय भ्रमण रद्द गरेकोमा प्रधानमन्त्री मेटेले दुख लागेको प्रतिक्रिया दिएकी थिइन् । उनले आफ्नो देशको भ्रमण रद्द गर्ने ट्रम्पको कदमलाई ‘दुर्भाग्यपूर्ण’ र ‘आश्चर्यजनक’ भनेकी छन्।

महारानी मार्ग्रेटा द्वितीयले ट्रम्पलाई सेप्टेम्बर दुईमा डेनमार्क भ्रमणको निम्ता दिएकी थिइन्। डेनिस प्रधानमन्त्रीले ग्रिनल्याण्ड खरिदसम्बन्धी त्यस्तो सम्झौताको सोचलाई ‘हास्यास्पद’ बताएकी थिइन्।डेनिस प्रधानमन्त्रीले यसअघि प्राकृतिक स्रोतहरूमा धनी रहेको उत्तर ध्रूविय टापु बेच्ने कुरा त्यहाँका नेता र आफू दुवैले स्पष्टसँग अस्विकार गरेको बताएकी थिइन्। ट्रम्पले भने यसअघि समेत अमेरिकी राष्ट्रपति ह्यारी ट्र्युमनले ग्रिनल्यानलाई केही राम्रा प्रस्तावहरू गरेको स्मरण गराउँदै उक्त विशाल टापु किन्ने कुरा अगाडि सारेका थिए।