दुम्किबास त्रिवेणि सडक निर्माण र परिणाममा पुर्याउने जिम्मा लिने गगन थापाको भनाई

प्रकाशित मिति:

सन्जय भट्टराई-नवलपुर/ नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापाले गण्डकी प्रदेशको लाईफ लाईनको रुपमा रहेको प्रदेश र भारत जोडने नाकाको रुपमा रहेको दुम्किबास त्रिवेणि सडक बिस्तार र निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राख्दै सडक निर्माण र सन्चालनमा संसद र सरोकारवाला सँग गम्भीर तबरले कुरा राख्ने बताएका छ्न ।

नवलपुर का जनताले आफुलाई विस्वास गरेर दुम्किबास त्रिवेणि सडक खण्ड को जिम्मा दिएकाले यो कुरा संसद मात्रै उठाउने होइन यो विषय मध्यवर्ती क्षेत्र संग सम्बन्धित विषय भएकाले सरोकारवाला सबै सँग समन्वय गरेर अन्तिम निष्कर्षमा पुर्याउने जिम्मा आफुले लिने थापाले बताएका छ्न । नेविसंघ पालिका समन्वय समितिले आयोजनाले गरेको माध्यमिक परीक्षा उतिर्ण विधार्थीलाई सम्मान तथा बृहत् आमसभालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन । फरक प्रसंग मा बोल्दै सरकार दण्डहीनता को बाटोमा अगाडी बढेको बताउदै निर्दोषलाई न्याय नदिने र दोषीलाई सजाय नदिने नितिमा अगाडी बढेको आरोप लगाए । सरकार संवैधानिक निकायलाई नियन्त्रणमा लिन खोजेको, संसद , प्रेस, अदालतलाई आफ्नो नियन्त्रणमा लिएर अधिनायकवाद बाटोम अगाडी बढन खोजेको बताए ।

नेविसंघ पालिका समन्वय समिति विनयी त्रिवेणि गाउपालिकाका सभापति को मुकेश कलावारको अध्यक्षता एवं नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं पुर्व स्वास्थ मन्त्री गगन थापाको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४०० जनाले नेपाली काङ्ग्रेस प्रवेश गरेका थिए । करिब ३०० माध्यमिक परीक्षा उतिर्ण विधार्थीलाई सम्मान गरिएको कार्यक्रममा विनयी त्रिवेणि गाउपालिका का अध्यक्ष डम्बर जिसि , नेविसंघ नवलपुरका सभापति राजेश पौडेल , नेविसंघ निवर्तमान केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपालि काङ्ग्रेसका नेता गणेशमान श्रेष्ठ , नेका महासमिति सदस्य विष्नु कार्की , काङ्ग्रेस नवलपुरका सभापति विष्नु लामिछाने , नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली लगाएतका नेताहरुले कार्यक्रममा सम्बोधन गरेका थिए ।