‘हो म रवी लामिछानेको अन्धभक्त हँ’

प्रकाशित मिति:

महेश घिमिरे ‘केदार’   म भन्छु केहि भ्रष्ट नेताहरु को झोले कार्यकर्ता भइ नेतागणका मलद्वार लाई हरिद्वार सम्झी धुप बत्ती बाल्दै पूजा-अर्चना गर्दै नेताहरुका गलत गतिविधिहरुको धोती भित्र पसि ताली पिटी समर्थन गर्नु भन्दा आफ्नो कमिकमजोरी हरुलाइ आत्मालोचना गर्दै बिदेशी यस-आरामको भोगी जिन्दगीलाई तिलान्जली दिदै आफ्नै जन्मभूमि फर्की छातीमा हात राखि मातृभूमिको कसम खाँदै देशमा रहेका बेथिति हरु को अन्त्य गर्ने जमर्को बोकी नेपाल छिरेका रबि लामिछानेको अन्धभक्त हुनु मा नै गर्ब लाग्छ। राजनीतिक परिवर्तनका नाममा इतिहासलाई फर्केर हेर्ने हो भने धेरै आन्दोलन भएका छन् । राणाकाल, पञ्चायत देखि राजतन्त्र सम्म आइपुग्दा परिवर्तन को नाममा कतिका सिन्दुर पुछि ए। कतिको परिवार छेदविच्छेद भए ।त कति बेवारिसे अवस्थामा न घरको न घाटको हुन पुगे । आखिरी के पाए त…..?

तिनीहरु जो परिवर्तनको नाउमा रगतको खोलो बगाए । हो पाएत केबल नाम मात्रको सहिद को सालिक। आजको दिन सम्म हेर्ने हो भने जनमुखी एजेण्डा बोकी कति राजनीतिक दलहरू जन्मिए त कति नेताहरु झुप्रो देखि महल सम्मको यात्रा तय गरे तर जनताका समस्या भने जस्ताको तस्तै रहिरहे। दलका घोषणा पत्रहरु कागलाई बेल पाक्यो हर्ष न बिश्मत जस्तै भयो। जब नैतिकताको खडेरी लाग्यो। अविश्वासले जरा गाड्यो। नुनदेखि सुनसम्म। साइकलमा गुड्ने साइकलयान देखि आकाशमा उड्ने विमान सम्म घोटलै घोटाला हुन थाल्यो। घुसखोरी, कमिशनखोरी हरु मौलाउँदै जान थाले। कलिला बालबालिका देखि वृद्धा माथिको जघन्य अपराध बढ्न थाल्यो। कलिला छोरीहरु माथि यौन पिपाशुहरु झम्टिन थाले। देशमा बढदो भ्रष्टाचार कालोबजारी र बेथिति झन् पछि झन् मौलाउन थाल्यो। तब रबि लामिछाने, कुलमान घिसिङ, धुर्मुस सुन्तली जस्ता पात्रहरुको जन्म हुन थाल्यो। हो यि पात्र हरु आफ्ना कमी कमजोरीहरुलाई सच्याउँदै जनताहरूका समस्या संग जुध्न थाले र जनताका आशाका किरण बन्न थाले। उनीहरूका जनमुखी कामहरुले छोटो समयमा ह्वात्तै लोकप्रियता कमाउन थाल्यो। उनीहरूको त्यो लोकप्रियता मा जल्ने भ्रष्टहरुले यी पात्रहरूको कित्ता-कित्तामा आक्रमण गर्न थाले।आज यहि आक्रमणको शिकारमा रबि लामिछाने परेकाछन्। भोलि कुलमान घिसिङ, धुर्मुस-सुन्तली पनि नपार्लान् भन्न सकिँदैन। वर्सौ सम्म राजनीति गरि लोकप्रियता कमाउन नसकेका समर्थकको नाममा खडेरी परेका नेता र उनीहरुका झोले कार्यकर्ता हरुलाई आज रबि लामिछाने को समर्थन मा उर्लिएका लाखौ समर्थक देख्दा लाग्छ उनीहरुलाई सबै रबिका अन्ध भक्त हुन्।

हिजो तिनै अन्ध भक्त जनताहरु मिलि कार्यकर्ता देखि नेता – नेता देखि मन्त्री सम्म बनाए। त्यसबेला ति सबै आफ्ना समर्थक भए। आज तिनै जनताहरु अरुको पक्षमा उभिदा अन्धभक्त भए। हिजो आफ्ना पाल्तु गुन्डा,डन हरु हिरासत भित्र पुराउदा सडक देखि सदन सम्म जात्रा देखाउन मिल्ने।तर आज सत्य-तथ्य र निष्पक्ष छानबिन होस्। भन्दै सडकमा रविका समर्थक आउन नहुने। सबै समर्थकहरुलाई अन्धभक्त र भेडा देख्ने थुक्क तिमिहरुका ति स्वार्थ रुपी काला मनहरुलाई मेरो भन्नु केहि छैन। आखिर किन सोच्न सकेनन् ती काला मनहरुले यतिधेरै रबि लामिछाने को समर्थनमा जनसागर उत्रिदा । बिचरा सोचुन पनि कसरी भ्रष्टचारको जन्जिर भित्र बसि आफ्ना आसेपासे र झोले कार्यकर्ताहरुलाई पाल्दा ठिक्क छन् होला। एक प्याक रक्सि र मासु मा भविष्य बिर्सिने केहि झोले कार्यकर्ता हरुलाई के थाहा रबि लामिछाने को लोकप्रियता। जसले दर्जनौँ चेलीको उद्धार एउटा सानो इस्टुडियम बाट गर्यो।कति भ्रष्टाचारीहरु त्यहीँबाट जेल कोचे। विष पिउँछु भनेकाहरु नयाँ जिवन पाएर नयाँ जीवनको स्वाद लिएर बसे । स साना बालबालिकाहरु दलाल बाट बेचिन रोकिए। आज दलाल भष्ट्र हरु थरथर काप्दै दुलोभित्र बाट नियालि बस्ने बने । त्यति मात्रै कहाँ हो र दुर्गम कर्णाली को कालीकोटको रास्कोटमा १५ सैयाको इस्मार्ट डिजिटल अस्पताल बनाउने तयारीमा लागे। रत आज लाखौ समर्थकहरूको आवाज र साथ पाए। त्यसैले त आज अपहरण सैलिमा हिरासत पुर्याइएका रविले चौडा छाति बनाइ हिरासत भित्र बहादुरीका साथ बोल्ने आट ल्याए।

यसो भन्दै गर्दा रवि कुनै ग्रह बाट झरेका भगवान रुपि मनुष्य हुन्। उनीबाट कहिल्यै पनि गलत गतिविधी हुँदैन । उनिलाई सबै निति नियम छुट हुनुपर्छ भन्ने अवस्य होइन। उनी एउटा सर्वसाधारण जस्तै नागरिक हुन्। निष्पक्ष अनुसन्धान हुनुपर्छ। सत्य तथ्य कुराहरु बाहिर आउनुपर्छ। चाहे त्यो जोसुकै होस् अन्यायमा पर्नु कोही हुँदैन भन्ने आसय हो। भनिन्छ नेपाल रहस्य-रहस्यले भरिएको देश हो। विगतका घटनाक्रमलाई हेर्ने हो भने। धेरै रहस्यमय घटनाहरु घटेका छन्। त्याहाँ पनि निष्पक्ष अनुसन्धान भएका थिए। तर सत्य तथ्य नआएको र दोषी उम्किएका निर्दोषी फसेका घटनाहरु तपाई हाम्रो मन मस्तिष्कमा ताजै छन्। जसले गर्दा आज लाखौ जनताहरु सशंकित छन्। त्रसित छन्। कतै सत्य तथ्य र निष्पक्ष अनुसन्धान माथि कसैको गिद्धे नजर लाग्ने त होइन। हो सशंकित र त्रसित नहउन पनि कसरी विगत लाइ हेर्नुहोस् त अझै पनि निर्मला पन्त लगायतका धेरै आत्म हरु न्याय को खोजीमा तड्पि रहेकाछन् भड्किरहेका छन्। न्याय र सुशासनका अन्तरवस्तु हरुलाई मसानघाट पुराइ संविधानका पानाहरु लाइ जलाएर खरानीको टिको लगाई आफूलाई सम्राट ठान्ने अनुशासनहिन केहि दलका भष्ट्र नैतिकता बेच्ने राष्ट्रघाती नेताहरु र दुइ-चार कौडि को आशामा र्याल चुहाउँदै हिड्ने बिकुवा कर्मचारी हरुले गर्दा आज यो न्यायलय नै संकटमा परेको छ। जस्ले गर्दा आज कतिपय दोषिहरु उम्किएका छन् । निर्दोष फसेका छन्।

लेखक महेश घिमिरे ‘केदार’लाई यहाँँ क्लिक गरेर सामाजिक सञ्जाल फेसबुकमा भेट्न् सक्नुहुन्छ ।